प्रजातन्त्र स्थापनामा सुवर्णशम्शेरको महत्वपूर्ण भूमिका ः नेता पौडेल

125

काठमाडौं, १७ फागुन (रासस)ः
नेपाली का·्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको प्रजातन्त्र स्थापनामा स्व सुवर्णशम्शेर राणाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । ॅसुवर्ण स्मृति परिषद्’ले नेपाली का·्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ॅनेपालको प्रजातान्त्रिक आन्दोलन र सुवर्णशम्शेर’ विषयक विचार गोष्ठीमा उहाँले सुवर्णशम्शेरको योगदानका कारण मुलुकमा प्रजातन्त्र स्थापना सम्भव भएको बताउनुभयो । विसं २००७ को क्रान्तिको मुख्य नायक नै सुवर्णशम्शेर हुनुहुन्थ्यो, नेता पौडेलले भन्नुभयो । हातहतियार र मुक्ति सेना निर्माणमा सुवर्णशम्शेरको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।
नेता पौडेलले सुवर्णशम्शेर लोकतन्त्रवादी नेता भएको उल्लेख गर्दै भन्नुभयो, सुवर्णशम्शेरमा सहनशीलता र उदारता भएको कारण नेपालमा प्रजातन्त्र स्थापना भएको हो । सुवर्णशम्शेरलाई का·्रेसले जति सम्मान गर्नुपर्ने हो त्यो सम्मान गर्न नसकेको उहाँको भनाइ थियो ।
का·्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सुवर्णशम्शेर आदर्शवादी नेता भएको बताउनुभयो । सुवर्णशम्शेरको योगदानलाई नेपाली का·्रेसले भुल्न खोज्यो, उहाँले भन्नुभयो ।
नेता केसीले सुवर्णशम्शेरको योगदान र आदर्शका कारण नेपाली का·्रेस अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । का·्रेस नेता सागरशम्शेर राणाले भन्नुभयो, राणा भए पनि जनताको अधिकारका लागि सुवर्णशम्शेरले खेलेको भूमिका अतुलनीय छ । प्रजातन्त्र सेनानी नुतन थपलियाले का·्रेसले भिन्न विचारलाई समेटेर अगाडि नबढेसम्म पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । विश्वेश्वरप्रसाद कोइराला र सुवर्णशम्शेर राणाको योगदानलाई का·्रेसले भुले पार्टी समाप्त हुन्छ, उहाँले भन्नुभयो ।

https://ankushdaily.com/