प्राकृतिक प्रकोपको कृत्रिम घटना अभ्यास

33

संतोष रन्जितकार
वीरगंज, १७ फागुन ।
जिल्ला स्तरिय कृत्रिम घट्ना अभ्यास शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्साको आयोजनामा संघीय प्रहरी इकाई गुल्म वीरगंजको खेल मैदानमा भुकम्प, आगलगी लगायत प्राकृतिक विपतीको कृत्रिम घटना अभ्यास गरिएको हो ।
युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोगमा कृत्रिम अभ्यास कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र (समन्वय र सूचना व्यवस्थापन एवं संचालन), खोज तथा उद्धार, संरक्षण, खाद्य र कृषि तथा पशु, स्वास्थ्य तथा पोष्ण, वन, वातावारण तथा उधोग, शिक्षा, भौतिक पूर्वधार, आवास र गैर खाद्य सामग्रीको समुह नै बनाई कृत्रिम अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका राजन श्रीवास्तवले जानकारी दिए ।
प्राकृतिक विपत्ति आएको बेला संरक्षण, उद्धार, खोज र नियन्त्रणको लागि कृत्रिम अभ्यास गरिएको उनले बताए । जिल्ला विपद् व्यवस्थापन समिति पर्साका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी कार्यवाहक अध्यक्ष मधु राणा लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
हावाले भुकम्प सृजना गरी र परालको घरमा आगो लगाई कृत्रिम अभ्यास गरिएको थियो ।