भोलीको दिनमा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुने छैन ः केन्द्रिय सदस्य चौरसिया

42

वीरगंज, १७ फागुन ।
पर्साको बहुदरामाई नगरपालिका वडा नं. ४ स्थित श्री.ने.रा.मा.वि को फरीसरमा एक कार्यक्रमको आयोजना गरी साईकल वितरण गरिएको छ । सो कार्यव्रम नितेन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न भएको थियो झने कार्यव्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्क्री अजय कुमार चौरसियाले कार्यव्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य चौरसियाले बहुदरामाई नगरपालिकामा भोलिको दिनमा प्राविधिक शिक्षा आवश्यकता रहेको बताउँदै प्राविधिक शिक्षा ल्याउन आफुबाट सक्दो सहयोग गर्ने बताएका थिए । भोलिको दिनमा यस नगरपालिका भित्र रहेका कुनै पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित हुने छैन नेता चौरसियाले झने ।
सो कार्यव्रमा विशिष्ठ अतिथी बहुदरामाइ नगरपालिकाका उपमेयर गायत्री देवीले हरेक महिलाले शिक्षा लिनुपर्छ तब हाम्रो परिवार र समाजको विकास हुनसक्छ भनी आफ्नो फ्रतिवद्धता व्यक्त गरेकी थिइन ।
त्यसैगरी कार्यव्रममा प्रमुख प्रशासकिय अधिकृति कृष्ण प्रसाद चपागाई, पुर्व गा.वि.स अध्यक्ष राम प्रसाद यादवले शिक्षा ज्ञानको ज्योति हो भन्दै शिक्षा विनाको जिवन अन्धकार रहेको बताउनुझएको थियो । कार्यव्रममा बहुदरामाई नगरपालिकाका विद्यालयहरुका प्र.अ, वडाका वडाअध्यक्षहरु, नेविसघंका क्षेत्रीय सभापति रन्जीत पटेल, विधार्थी नेता रोशन सिहं, ललन रौनियार, ताराचन्द्र साह लगायत विधार्थी अभिभावकहरुको उल्लेखनिय सहझागिता रहेको थियो ।
सो कार्यव्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री चौरसिया र नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहले छाक्राहरुलाई संयुत्त रुपमा साईकल वितरण गरेका थिए ।

https://ankushdaily.com/