फरार अभियुक्त पक्राउ

7

संतोष रन्जितकार
वीरगंज, १९ फागुन ।
अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन । वीरगंज महानगरपालिका वडा नं.१६ बस्ने रामप्रवेश साह गोढलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । रुपनारायण साह गोढको जाहेरीले वादी नेपाल सरकार अभियुक्त गोढलाई शनिबार निजकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार बन्धक कसुरमा वारदात पश्चात फरार रहेका अभियुक्त गोढलाई पर्सा जिल्ला अदालतबाट वारेन्ट जारी भई खोज तलास गर्दा गराउदा निजकै घरबाट फेला परी पक्राउ गरी आवश्यक कारवाहिको लागि अदालतमा पेश गरिएको एक प्रहरीले जाकारी दिए ।