बैंकद्वारा पानी टंकी हस्तान्तरण

23

संतोष रन्जितकार
वीरगंज, १९ फागुन ।
सेञ्चुरी कमर्सियल बैंक वीरगंज शाखाद्वारा बैंकको संस्थागत सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांङ्ढी हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्र प्रसाद साह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गर्नुभएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएको छ ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकि· गरी जम्मा १३२ स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।