भ्रष्टाचार संस्थागत भएको छ ः नेता गजुरेल

14

संतोष रन्जितकार
वीरगंज, १९ फागुन ।
समृद्ध नेपाल होइन कंगाल नेपाल बन्दै गएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका केन्द्रिय अध्यक्ष सिपी गजुरेलले बताएका छन ।
वीरगंजमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता गजुरेलले सरकारको एक बर्षको कार्यकालमा भ्रष्टाचारको मात्रा बढेको र भ्रष्टाचार संस्थागत भएको आरोप लगाएका थिए ।
स्थायी सरकार प्राप्त भए पनि विकास हुने जनताको आशा निराशामा परिणत हुदै गएको गजुरेलले बताए ।
समृद्ध नेपाल र सुखी नेपालको नाराले जनता दंग परे पनि अहिले समृद्ध नेपाल होइन कंगाल नेपाल र सुखी नेपाल होइन दुखी नेपाल बन्दै गएको उनले बताए । उनले भने मुलुकमा बढ्दै गएको भ्रष्टाचार, बलात्कार, हत्या र हिंसाले गर्दा विकराल अवस्था सृजना भएको तथा सोच्नु पर्ने अवस्था आएको उनले बताए ।
४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार नेपालको लागि ठूलो कुरा भएको बताउदै उनले भने यसले संस्थागत भ्रष्टाचार भएको प्रमाणित गरेको बताए । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालद्वारा आयोजित मेची महाकाली जनजागरण तथा जनपरिचालन अभियान अन्तरर्गत १३ औं दिन वीरगंज पुगेका नेता गजुरेलले अग्रगामी विकल्पको तयारीमा आफुहरु रहेको बताए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक समेत रहेका नेता गजुरेलले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा गर्न फेरी अर्को जनक्रान्ति जरुरी रहेको उनको भनाई रहेको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा (क्रान्तिकारी) माओवादीका प्रवक्ता एवं प्रदेश नं. २ का संयोजक हरि भक्त कडेल, पर्सा इन्जार्ज नेजामुदिन साह लगायतको सहभागिता रहेको थियो ।