मन्त्री सोनलद्वारा भवनको शिलान्यास

24

संतोष रन्जितकार
वीरगञ्ज, १९ फागुन ।
प्रदेश नं २ का भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनलले आइतबार बहुदरामाइ नगरपालिका वडा न. १ पिपरामा सामुदायिक भवनको शिलान्यास गरेका छन ।
वडाध्यक्ष प्रमोद यादवको अध्यक्षतामा सो शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य प्रहलाद गिरी, राजपा पर्सा संयोजक जगदिश कुर्मी, सचिव द्वय राजेश साह, श्रीराम गिरी, संघीय समाजवादी फोरम नेपालका पन्नालाल साह, वडा अध्यक्ष रामरेखा सिंह, बहुदरामाइ नपाका कार्यकारी अधिकृत, लेखापाल, सह लेखापाल, भवन डिभिजन कार्यालयका प्रमुख सरोज गोइत, इन्जिनियर बिकास कुशवाहा लगायत बिकाश प्रेमी राजपाका स्थानीय नेता कार्यकर्ता एवम् गाउँबासीको सहभागिता रहेको थियो ।
राजपाका महासभिव शिव पटेलको बिशेष पहलमा सामुदायीक भवन निर्माणकालागि मंत्रालयले योजना छनौट गरेको हो ।
उपभोक्ता समितिको नेतृत्वमा निर्माण गरिने सामुदायीक भवनको लागि चालु आर्थिक वर्षमा २० लाख रुपैया बिनियोजन गरिएको छ ।

https://ankushdaily.com/