वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

47

संतोष रन्जितकार
वीरगंज, १९ फागुन ।
वीरगंज महानगरपालिका वडा नं. १५ स्थित सूर्योदय महिला समूहको वार्षिक उत्सवको अवसरमा वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि योगेन्द्र प्रसाद कुम्हाल रहेका थिए भने अतिथि एवं प्रशिक्षक हरि भूजेलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम समूहका अध्यक्ष जोग कुमारी तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सूर्योदय महिला समूहद्वारा बचत समूहका ४९ जना महिलाहरुलाई महिला हिंसा तथा महिला अधिकारको सम्बन्धमा प्रशिक्षक हरि भूजेलले एक दिने प्रशिक्षण दिएका थिए ।
सूर्योदय महिला समूहद्वारा बचत समूहका महिलाहरुसंग व्यापक छलफल गर्नुको साथै वनभोजको समेत आयोजना गरेको थियो ।
कार्यक्रममा सूर्योदय महिला समूहको कमला ढांडामगर, निलु क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/