वीरगंजमा गायत्री अश्वमेध महायज्ञ शुरु, यो महायज्ञले पर्यावरण सन्तुलित गर्न भूमिका खेल्नेछ ः राष्ट्रपति

25

वीरगञ्ज, १९ फागुन ।
वीरगंजमा आईतबार देखि अश्वमेध गायत्री महायज्ञ विधिवत रुपमा शुरु भएको छ । अश्वमेध महायज्ञमा वीरगन्जको हरेक टोल–टोलबाट कलश यात्रा निकालिएको हो । कलश यात्रा वीरगन्जको घण्टाघरदेखि शुरु भई आर्दशनगर रंगशालामा पुगेर सम्पन्न भएको थियो । महायज्ञको होमादीका लागि २५१ कुण्ड निर्माण शास्त्रका अनुसार अश्वमेध महायज्ञमा १००८ कुण्ड हुनुपर्ने भनिए पनि त्यसलाई घटाएर २५१ वटा कुण्डहरु बनाइएका छन् । जसमा ब्रम्ह कुण्ड, लक्ष्मी कुण्ड, शिव कुण्ड, ग्रह कुण्ड, योनी कुण्ड लगायत ९ प्रकारका रहेका छन् ।


महायज्ञका देव सँस्कृति विश्वविद्यालयका कुलाधिपति एवंम अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा.प्रणव पाण्ड्याले उद्घाटन गरेका थिए । मौसम अनुकुल नभएका कारण राष्ट्रपति विद्याभण्डारी आउन नसकेपछि महायज्ञको उद्घाटन उनले गरेका थिए । सो अवसरमा पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर सम्मान समेत गरिएको थियो ।
महायज्ञका मुल आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले उद्घाटन समारोहमा राष्ट्रपति विद्या भण्डारीले पठाएको शुभकामना सन्देश पढेर सबैलाई सुनाएका थिए ।
शुभकामनामा राष्टूपति विद्यादेवी भण्डारीले महायज्ञहरु पञ्चतत्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुृनुपर्ने बताउनु भएको छ ।
वीरगञ्जको आदर्शनगरमा आइतबारदेखि शुरु भएको चारदिने गायत्री अश्वमेध महायज्ञमा पठाउनुभएको शुभकामना सन्देशमा राष्टूपतिले महायज्ञले नेपालका तीर्थस्थल, पर्यटकीयस्थल, अप्रकाशित महिमा र सांस्कृतिक ज्ञान राशिलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसले जीवनमूल्य र आध्यात्मिक अनुशासनप्रति जनविश्वास अभिवृद्धि हुने वातावरण तयार गर्दै राष्टूलाई अजय शक्ति प्रदान गर्ने बताउनुभएको छ ।
सो शुभकामना सन्देशमा सर्वकल्याणको प्रादुर्भाव भएको सनातन धर्म विज्ञानको उद्गमभूमि नेपालको औद्योगिक र व्यापारी नगरी वीरगञ्जमा गायत्री अश्वमेघ महायज्ञको आयोजना भएकामा राष्टूपतिले खुशी व्यक्त गर्नुभएको छ ।
नेपाली भूमिमा पहिलो चोटि भएको चारदिने गायत्री अश्वमेघ महायज्ञको अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्डया र सोही परिवारका प्रमुख शैलबाबा पाण्डयाले दीप प्रज्ज्वलन तथा गायत्री मन्त्रको उच्चारण गरी शुभारम्भ गर्दै नेपाल र नेपालीको खुशी, प्रगति र समृद्धिको कामना गर्नुभएको थियो ।


सो महायज्ञमा शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्क्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्ने तथा युग संगीत, सत्सँग एवं साँस्कृतिक कार्यत्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाईएको र पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।
सो अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले गायत्री महायज्ञबारे प्रकाश पार्नुभएको थियो । नेपाललगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्टू, मध्यप्रदेश, राजस्थान, गुजरात र अन्य देश गरी ४० मुलुकका श्रद्धालुको महायज्ञमा सहभागिता छ ।