सम्बन्ध विच्छेद भएपछि हमला

22

वीरगंज, १९ फागुन ।
सम्बन्ध विच्छेद गरेको एक महिलाले आफ्नो पूर्व पतिको घरमा हमला गराएकी छिन् ।
मोहन प्रसाद वर्णवालको छोरा राजेश कुमार वर्णवालको बेतिया निवासी मोनी वर्णवालसंग बिहे भएको थियो । कुरा नमिलेपछि जिल्ला अदालतबाट २०७४/२/९ गते सम्बन्ध विच्छेद गराई प्रति महिनाको रु. ५ हजारको दरले मोनी वर्णवालको बिहे नहुञ्जेलसम्म भराउने निर्णय भयो ।
सम्बन्ध विच्छेद भइसकेपछि मोनी वर्णवालको उक्साहटमा पवन कुमार वर्णवाल, तनय कुमार वर्णवाल, मोनु कुमार वर्णवाल र प्रमोद कुमार वर्णवाल सहितको टोलीले द्यच्द्दद्दएढछछट नम्बरको स्कर्पीयो चढेर गई मोहन प्रसाद वर्णवालको घरमा गई आगजनी गर्नुको साथै मारपिट गरी टाउँको फुटाइदिएका छन् । आक्रमणकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ ।