सांसद यादवद्वारा साइकल वितरण

8

संतोष रन्जितकार
बीरगंज,१९ फागुन ।
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम् सांसद प्रदीप यादवले सखुवाप्रसौनी गाउँपालिकामा आफनो पहल कदमीमा ५० सैयाको अस्पताल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत सखुवाप्रसौनी गाउपालीकाले आयोजना गरेको साईकल वितरण कार्यक्रममा बोल्दै सांसद यादवले पर्सा जिल्लाको विकास निर्माणमा आफु कुनै कसर बाकी नराख्ने बताएका थिए ।
स्वास्थ्य मन्त्रालयसंग यहा रहेको पुरानो अस्पताललाई स्तरोन्नतिका लागी विशेष पहल गर्नुका साथै प्रक्रियागत रूपमा ५० सैय्याको नयाँ अस्पताल भवन बनाउन मांग गरेर सखुवाप्रसौनी गाउँपालिकाले उपलब्ध गराउने जग्गामा आफनो विशेष पहल कदमीमा अस्पताल भवन निमार्ण गर्ने प्रतिवद्धता जनाएका थिए । सखुवाप्रसौनीमा संचालनमा रहेको बर्थि· सेन्टरका लागी निकट भविष्यमै १ वटा एम्बुलेन्सको व्यवस्था गर्न लगाउने समेत बताएका थिए ।
११ कक्षा पास गरेको १० जना छात्राहरुलाई सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा साईकल वितरण गर्दै सांसद यादवले छोरीहरुको उज्वल भविष्यका लागी प्रदेश सरकारले सुरू गरेको अभियानलाई सबैले आ–आफनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।
सांसद यादवले पार्टीको महाधिवेशन तयारी सम्बन्धि संखुवाप्रसौनीमा भएको छलफल बैठकमा अहिलेको सरकारको गतिविधिका बारेमा आफनो धारणा राखेका थिए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विरेन्द्र यादव, कार्यवाहक अध्यक्ष सुन्दर कुर्मी, जिल्ला सह इन्चार्ज रामनरेश यादव लगायतले आ–आफनो विचार व्यक्त गरेका थिए । बैठक ईकाई तदर्थ समितिका संयोजक भुलन हवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।