नेपालको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटमा पञ्चमुखी शिवलिंगको स्थापना

18

वीरगन्ज, २० फागुन ।
नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलि·को स्थापना गरीएको छ । वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्वारको सौन्दर्यकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्वारमा शिवलि·को स्थापना गरिएको हो । बौद्धिक मंत्र तथा पुजन गरी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भूसालले शिव लि·को प्राणप्रतिष्ठा गरे पछि नगर प्रमुख विजय कुमार सरावगी र नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष एवम वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक बैद्यले संयुक्त रुपमा शिवलि·को अनावरण गर्नुभएको थियो । रु ३ लाख २१ हजार मुल्यको पंचमुखी शिवलि· शालिमार होमस प्रालिद्वारा सहयोग स्वरुप प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भूसालले बताउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत डा. भूसालले संरक्षणको अभावमा जिर्ण बन्दै गएको शंकराचार्यद्धारको सौन्दर्यीकरण गर्दै पर्यटकिय स्थल बनाउने महानगरपालिकाको योजना विभिन्न दाताहरुको सहयोगमा पुरा हुदै गएको बताउनु भयो ।
मुलुककै आर्थिक नगरी वीरगञ्ज लगायत नेपालमा भारतबाट प्रवेश गर्ने आगन्तुकहरुको स्वागत गर्दै नेपालको पहिचानलाई झल्काउने नेपाली झण्डा स्थापना गर्नुको साथै डिजिटल लाईट समेत जडान गरेपछि भारतबाट आउनु आगन्तुकहरुको लागी उक्त क्षेत्र सेल्फीस्पटको रुपमा बन्दै गएको छ ।
स्थापना गरिएको शिवलि·मा फाउन्टेन लाइट तथा फोहराको जडान पति छिटै गरिने महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनु भयो । उहाले विभिन्न दाताहरुको सहयोगमा वीरगन्जको विकास कार्यलाई अघि बढाउने आफ्नो अभियान जारी रहेको समते बताउनु भयो ।