ब्रहृमाकुमारी राजयोगद्वारा शिव झण्डारोहण, शान्ति पदयात्रा एवं प्रवचन

21

वीरगंज, २० फागुन ।
परम आराध्यश्वर परमात्मा शिवको दिव्य प्राकट्य दिवस महाशिवरात्री पर्वको पावन अवसर पारेर सोमबार ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले शान्ति, समृद्धि र स्वर्णिम संसारका लागि परमात्म अवतरण विषयक आध्यात्मिक प्रवचन, शिव झण्डारोहण एवं शान्ति पदयाक्रा कार्यत्रमको आयोजना सम्पन्न गरेको छ ।
छपकैयाको विश्वदर्शन भवनमा आयोजित ऊक्त कार्यत्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै सांसद हरिनारायण रौनियारले जीवनमा विभिन्न कालखण्डमा आईपर्ने समस्या र संकटको घडिमा आध्यात्मिकता र राजयोगको अभ्यासबाट प्राप्त हुने संयमशीलता, धैर्यता र सहनशीलताले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँनुहुँदै ब्रहृमाकुमारीको आध्यात्मिक ज्ञान र राजयोगको सहयोगबाट आफुले पनि संकटको घडि या कठिन परिस्थितिमा आफुलाई सकारात्मक र संयमीत बनाउन सकेको कुरा स्पष्ट पार्नु भएको थियो । साथै महाशिवरात्रि पर्वको समेत सबैमा शुभकामना व्यक्त गर्नु भयो ।


कार्यक्रममा शिक्षा विद एवं बि.पि.सी. कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यले पनि आफ्ना अनुभवहरु साझा गर्दै आध्यात्मिक चिन्तनको मननबाट आफु भित्र सद्गुण तथा सकारात्मकताको विकास गर्दै दुर्गुणहरु र नकारात्मकतालाई समाप्त गरी मानवताको सेवामा लाग्नु नै मानवको उद्देश्य हुनुपर्ने बताउनु हुँदै ब्रहृमाकुमारी संस्थाको आध्यात्मिकताबाट प्रेरणा ग्रहण गरेर नै आफुले पनि मानवताको सेवामा आफुलाई अग्रसर गरेको कुरा बताउनुभयो ।
यसैगरी वरिष्ठ समाजसेवी मधु राणा, जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति विक्रम शाह, समाजसेवी उषा साह, नरसिंह क्याम्पस प्रमुख सुर्या कोइराला, पक्रकार युवराज खड्का लगायत अन्य वत्ताहरुले पनि महाशिवरात्रिको अवसरमा आफ्नो मन र विवेकलाई शुद्ध, सकारात्मक र आशावादी बनाउँदै परमात्मा शिवबाट शान्ति र खुशीको वरदान ग्रहण गर्न सबैलाइँ शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा ब्रहृमाकुमारी रविना दिदीले सबै आत्माहरुका पारलौकिक परमपिता परमात्मा शिव यस धर्तिमा अवतरित भई विगत ८३ वर्षदेखि सबै मानवात्माहरु भित्र रहेका विषय विकार र दुर्गणहरुलाई समाप्त गरेर मानवलाई देव समान पवित्र र महान बनाउने दिव्य कर्तव्य गर्दै आईरहनु भएको उल्लेख गर्नु भएको थियो ।
यसै गरी सोही अवसरमा छपकैया लगायत विर्ता स्थित ओम शान्ति भवन र पानी टंकीमा अवस्थित उपसेवा केन्द्रको भवनमा समेत क्रमशः वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र प्रदेश सांसद श्रीमति भिमादेवी यादवको मुख्य आतिथ्यमा भगवान शिवको झण्डा आरोहण गरिनुका साथै क्याण्डल लाइटिंग एवं केक कटिंग समेत गरिएको थियो ।
सो अवसरमा आयोजित शंकर पार्वती र गणेशको चैतन्य झाँकी सहीतको शान्ति पदयात्रा ओम शान्ति भवन विर्ताबाट शुभारम्भ भई अलखिया मठ, घडिअर्वा पोखरी हुँदै घण्टाघर पुगी मेनरोडहुदै नगर परिक्रमा गरी पुनः छपकैया स्थित विश्वदर्शन भवनमा पुगेर समापन भएको थियो ।
वीरगंज लगायत बारा तथा पर्साका विभिन्न स्थानहरुबाट आएका सयौं राजयोगी साधक एवं साधिकाहरु तथा स्थानीय भद्र भलादमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा नृत्य प्रशिक्षक आरजु देवकोटा लगायत अन्य बहिनीहरुले निकै सुन्दर नृत्य प्रस्तुत गरेका थिए ।