महाशिवरात्रीको अवसरमा शिव मन्दिरहरुमा भक्तजनहरुको भिड

61

संतोष रन्जितकार
वीरगंज, २० फागुन ।
महाशिवरात्रीको अवसरमा सोमबार पर्साको विभिन्न शिव मन्दिरहरुमा मेला लागेको छ । बिरगंजको अलखिया मठ, पोखरीयाको शिव मन्दिर ग्रामिण भेगको जगरनाथपुर गाउँपालिकाको मसियानी मंन्दिर, पर्सागढी नगरपालिकाको बागेश्वरी तित्रौना मंन्दिर, बिन्दवासिनी गाउँपालिकाको बहुअर्वाभाठा मंन्दिर, धोबिनी गाउँपालिकाको जगरनाथपुर गाउँको शिव मंन्दिर, पटेर्वा सुगौली गाउँपालिकाको भाठा मंन्दिर, पकहामैनपुर गाउँपालिकाको खेस्राहा शिव मंन्दिर लगायतको मन्दिरहरुमा शिवरात्रीको अवसरमा बिहानै देखी मेला हेर्न भक्तजन तथा श्रद्धालुहरुको उल्लेख्य भिड रहेको थियो ।
ग्रामिण भेगका सम्पुर्ण मंन्दिरहरु सरसफाई गरिएको छ भने मान्छेहरुको भीडभाड बढेको छ ।


मेलाले गर्दा फलफुलको विक्री बढेको छ । शिवरात्रीको दिन गाउँ घरमा माछा, मासु बिक्री भएको छैन भने महिलाहरु शिवको आराधना गर्दै भगवान शिवले आफ्नो घरपरिवारमा शान्ति र समृद्धि प्रदान गरुन भनी उपवास समेत बस्ने गरेका छन । दिनभरी उपवास बसी बेलुका तिर फल र दुध, दही खाई मात्रै फरहार गर्ने चल्न रहेको छ । हिन्दुहरु धुमधामका साथ यो पर्व मनाउने गर्दछन ।