युवा समाज पोखरीयाद्वारा सहयोग

11

संतोष रन्जितकार
वीरगंज, २० फागुन ।
पोखरीया युवा समाज पोखरीयाले पोखरीया नगरपालिकाको एक गरीब परिवारलाई सहयोग गरेको छ । महाशिवरात्रीको दिन सोमबार पोखरीया नगरपालिकाको वडा नम्बर १०, शिववर्वा टोलका शम्भु राउत कुर्मीको छोरीको बिहेका लागी युवा समाजले सहयोग गरेको हो ।
एक कार्यक्रमका विच युवा समाजले ३१ हजार मुल्य बराबरको सरसामान कुर्मीलाई हस्तान्तरण गरेको युवा समाजका भगवान दास तत्वाले बताए ।
युवा समाजका सदस्यहरुको सहभागीतामा दाल, चामल, तरकारी, तेल, लताकपडा र सिंगारका समानहरु सहयोग गरिएको तत्वाले जानकारी गराए ।