राजपा महासचिव सिंहद्वारा चारपांग्रे गाडी एलिजाको उद्घाटन

21

संतोष रन्जितकार
वीरगंज, २० फागुन ।
नेपालमा तिनपांग्रे सवारी साधनको बिक्री गर्दै आएको आदित्य एण्ड कपुर अटो प्रा.लि.ले पहिलो पटक चार पांग्रे सावरीसाधन बजारमा ल्याएको छ । ग्राहकहरुको माया र सहयोगले तिनपांग्रे सावरीसाधनको व्यवसायबाट थप हौसला प्राप्त भएर आज चार निम्न मध्यम वर्गाीय ग्राहकको लागि उपयुक्त चार पांग्रे सवारी साधन एलिजा नेपालमा भित्र्याएको छ । भारतको हिमांचल प्रदेशमा रहेको उषांश अटो कम्पोनेन्टस्ले उत्पादन गरेको डिजल इन्जिन भएको एलिजा चार पांग्रे सवारीसाधन अहिले नेपालमा चलिरहेको पेट्रोल तथा डिजल इन्जिनका तिन पांग्रे सवारी साधनहरु भन्दा फरक डिजाइनमा रहेको छ । एलिजा ४५० डिजल इन्जिनको एयरकुल्ड पेट्राल इन्जिनको एक सिलिण्डर गाडी हो । ४३५.६ सिसिको सिट क्षमता ७+१ रहेको छ । यसको बोर एण्ड स्ट्रोक ८६××७५ एमएमको रहेको छ । यात्रुहरुको लागि आरामदायक सवारी साधनको रुपमा रहेको एस एलिजा ४५० चारपांग्रेस गाडीले यात्र्हुरुको मन जित्ने, ग्राहकहरुलाई सन्तुष्टि दिने नेपालमा बढदो बेरोजगारीलाई ध्यानमा राखेर स्वदेशमै स्वरोजगार बन्न चाहनेहरुलाई एलिजा ४५० सारथीको रुपमा काम गर्ने आर्थिक स्तरलाई सुधार हुनमा जोड पुग्ने आदित्य एण्ड कपुर अटो प्रा.लि. श्रीपुरमा सोमबार राजपाका महासचिव राजेशमान सिंहद्वारा सो एलिजा ४५० को उद्घाटन गर्नुभएको थियो ।