राप्रपा प्रजातान्त्रिकबाट २८ जनाद्वारा राजीनामा

32

वीरगंज, २० फागुन ।
राप्रपा प्रजातान्त्रिकबाट सोमबार २८ जनाले राजीनामा दिएका छन् । पशुपति जबराको राप्रपा प्रजातान्त्रिकबाट केन्द्रिय सदस्य नगीना यादव, बाबुलाल शर्मा, गया हजरा दुसाद, जिल्ला अध्यक्ष सुमेश्वर नाथ उपाध्याय, उपाध्यक्ष द्वय जंगबहादुर यादव र रामअयोध्या राउत कुर्मी, जिल्ला सचिव पन्नालाल पटेल लगायत २८ जनाले राजीनामा दिएका हुन । सो राजीनामा केन्द्रिय सदस्य नगीना यादवको नेतृत्वमा सम्पन्न भएको थियो भने राजीनामा दिएका सम्पूर्ण जिल्ला कार्यसमिति अहिले पूर्णरुपमा स्वतन्त्र रहेको छ ।

https://ankushdaily.com/