अश्वमेध महायज्ञमा लाखौ द्विप प्रज्वलन, दलित समुदाय पनि महायज्ञमा सहभागि

9

वीरगंज, २१ फागुन ।
नेपालमा पहिलो पटक वीरगंजमा भइरहेको चार दिने अश्वमेध महायज्ञमा मंगलवार भक्तजनहरुले एकै साथ लाखौ दियो बालेका छन् । महायज्ञ समाप्तीको पूर्व सन्धया अर्थात तेस्रो दिन राति साढे ७ बजे यज्ञस्थल तथा नेपाल भारतका घरघरमा ॅदिप महायज्ञ’ स्वरुप दिप प्रज्वलन गरी लाखौ लाख श्रद्धालु भक्तजन तथा साधकहरुले दिप प्रज्वलन गरेको महायज्ञ आयोजक मुल समितिका अध्यक्ष डा. उपेन्द्र महतोले बताए । उनले पूर्व सूचना अनुसार प्रति व्यक्तिले ५/५ वटा दिप बाल्ने कार्यक्रम अनुरुप लाखौ दिप बाल्ने कार्यक्रम सम्पन्न भएको बताए ।
मुल समितिका संयोजक तथा वीरगंज महानगरका मेयर बिजयकुमार सरावगीले महायज्ञ समितिले मात्र २४ हजार दियोको व्यवस्था गरेको र बाकी हरेक सहभागीले ५ वटा दियो लिएर आएको हुनाले महायज्ञमा मात्रै १ लाख भन्दा बढि दियो बलेको बताएका थिए । उनले शुरुमा २ करोड रुपैयाको खर्च अनुमान गरिए तापनि श्रद्धालु भक्तजनको संख्या तथा खर्चमा पनि वृद्धि हुन सक्ने अनुमान गरेका छन् । चार दिनमा ५ लाख सहभागी आउने अपेक्षा गरिए तपानि खराब मौसमको कारण भारतको थुप्रै ठाउँबाट सहभागी आउन नसकेको तर पनि तीन दिनमा करिब २ लाख भक्तजन सहभागी भइसकेको उनले जानकारी दिए ।
विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याका छोरा तथा देव विश्व विद्यालयका उपकुलपति चिनमय पाण्ड्याले गरेको प्रवचनमा दिप भनेको प्रकाशको प्रतीक भएकोले जीवनमा भगवानसंग श्रद्धा वृद्धि गर्न दियो बालेर आफ्नो जीवनको अन्धकार हटाई प्रकाशमय जीवनको कामनाको लागि हिन्दू धर्ममा दियो बाल्ने चलन रहेको प्रकाश पारेका थिए ।


यसैगरी वीरगञ्जमा आइतबारदेखि सुरू अश्वमेध गायत्री महायज्ञले मधेसी–पहाडी, दलित–गैरदलीत र महिला पुरूष बिचको विभेद हटाएको छ । महायज्ञमा सहभागी दलितले आफूहरूलाई अनौठो अनुभूति भइरहेको प्रतिक्रिया दिएका छन् । दलितहरुले अरू जातिका मानिसहरूसाग महायज्ञमा बसेर पहिलो चोटी सामुहिक पूजाआजा गर्दा खुसी भएको व्यक्त गरेका थिए । मन्दिर र यज्ञमा दलित समुदायका मानिसहरूको सहभागिता गराइादैन, यत्रो ठूलो महायज्ञमा हामीले सम्मान सहभागिता पायौं । भारत र अरु देशबाट आएका आगन्तुक स्वयमसेवकसाग मिलेर आफूहरूले यहाा मधेसी पहाडी सबैले समान रुपमा तयारी र ब्यवस्थापनमा काम गरिरहेको काठमाण्डौं चावाहिल बस्ने मन्जु कुंवरले बताइन । महायज्ञमा २ सय ५१ हवन कुण्ड बनाइएको छ । जसमा हवन बिधिपूर्वक हवन गरी महायज्ञ गरिदैछ । प्रवचन, प्रदर्शनी, वैदिक मन्क्रको साथमा ४ दिवसीय यज्ञ गरिदैछ ।
त्यसैगरी कार्यत्रमलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइएको छ ।