जिल्ला प्रशासन पर्सा र मालपोतमा अख्तियार पस्यो

16

वीरगंज, २१ माघ ।
जिल्ला प्रशासन कार्यालय पर्साले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रलाई अटेर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयबाट खटेको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा आई प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र सहायक प्र.जि.अ. नेत्र शर्मा पौडेलसंग भेट गरी जवाफ लिएर फर्केको बताइन्छ । नागरिकता सम्बन्धी एक मुद्दा अख्तियारको केन्द्रिय कार्यालयले पटक–पटक जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेर सोधनी गर्दा जवाफ नफर्काइ अटेर गरी बसेपछि मंगलबार सांझसम्म अख्तियारको टोली बसेर लिखित जवाफ लिई फर्केको बुझिएको छ ।
यसैगरी पर्सा मालपोत कार्यालयमा भएको अनियमितता सम्बन्धी छानबिन गर्न अख्तियार पसेको त्यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन् ।

https://ankushdaily.com/