मधेश आन्दोलनका घाइते उपेन्द्र यादवको रुवाबासी

5

वीरगंज, २१ फागुन ।
मधेशवादी दलका नेताहरुको आपसी अहंकारको कारणले गर्दा मधेश आन्दोलनका एक घाइते घरको न घाटका भएका छन् । नातामा पर्सा क्षेत्र नं. १ बाट निर्वाचित जल्दा–बल्दा सांसद प्रदिप यादवको भतिजो पर्ने उपेन्द्र यादवको स्थिती नाजुक बन्न पुगेको छ ।
मंगलबार बिहान ९ बजे वीरगंज स्थित हुलाक अगाडीको चिया पसलमा आइपुगेका उपेन्द्र यादवले गहँभरी आँसु काढ्दै आफ्नो स्थिती दिनप्रतिदिन खराब हुंदै गएको र आफ्नो काका पर्ने माननीय सांसद प्रदिप यादवले आफ्नो स्थिती प्रति कुनै ध्यान नदिएको आरोप लगाए । मधेश आन्दोलनका सहिदहरुको शहादतको जगमाथि उभिएको वर्तमान प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीले पनि आफुमाथि न्याय नगरेको उनको आरोप छ ।
यद्यपि मुख्यमन्त्री गद्दी र पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद बिमल प्रसाद श्रीवास्तवले आफुलाई १ लाखको चेक दिन खोजेको तर आफ्नो गार्जियन जस्तै रहेका सांसद प्रदिप यादवसंग सो बारेमा बताएपछि अरु घाइतेले रु.३–३ लाखको चेक पाउने तिमी किन १ लाखको लिने भनेर भनेपछि आफुले चेक नलिएको बताए । २०७२ भदौ १५ गते मधेश आन्दोलन चलिरहेको बखत आफ्नो देब्रे खुट्टामा गोली लागेको खत देखाउंदै घाइते यादवले यस भित्र रड राखिएको र रड भएको कारणले हिडडुल गर्न कठिनाई भइरहेको छ । रड निकाल्न डाक्टरहरुले रु. १ लाख लाग्ने बताउंछन् ।
म भन्दा कम घाइते भएकाहरु नेताहरुको आर्शिवादले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट अनेक सुविधा लिए तर आफुले राहत समेत नपाएको जानकारी घाइते यादवले गराए । मेरो काका सांसद प्रदिप यादवले आफुसंग भएको लगभग १२ लाख बराबरको बिल भर्पाइ लिएर गएको भएतापनि कुनै राहत पाइएन । एक जना सहयोगीको मार्फत युवा नेता रहबर अंसारी कहा जांदा बिल भर्पाइ लिएर आउ सक्ने सहयोग गर्छु भनेर भनेपछि कयौ पटक काका सांसद यादवलाई फोन गरेपनि उनले उपलब्ध गराएनन् । केही अगाडी २०६२–०६३ को आन्दोलनकारी नागा पासवानसंग मिलेर नेपाल पत्रकार महासंघ पर्साको कार्यकक्षमा आफु समेत उपस्थित भइ पत्रकार सम्मेलन गरेर राहत नपाएको सन्दर्भमा बताएका थिए । त्यसपछि मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदिप यादवले जाउ पत्रकारहरुसंग राहत लेउ भन्दै मेरो अपमान गर्ने गरेको घाइते यादव बताउंछन् । मेरो दुईवटा छोरा र दुईवटी छोरी सामाजिक अभियन्ता प्रकाश थारुको सहयोगमा वीरगंजको विभिन्न बोर्डि·हरुमा पढिरहेको बताउंदै आफुसंग भएको ४ कठ्ठा जग्गा बेचेर आफ्नो उपचारमा खर्च गरेको घाइते यादवको भनाइ रहेको छ ।