महायज्ञमा हेल्पडेक्स संचालन

7

संतोष रन्जितकार
वीरगंज, २१ फागुन ।
नेपालमै पहिलो पटक वीरगंज महानगरपालिका भइरहेको गायत्री महायज्ञमा सेवा नै धर्म हो मूल नाराको साथ राष्ट्रिय बिधार्थीसंघ पर्साद्वारा मंगलबार एक कार्यक्रम बीच अश्वमेध महायज्ञमा पाल्नु भएका श्रद्धालु भक्तजनहरुको सेवामा राष्ट्रिय बिधार्थीसंघ पर्साका अध्यक्ष मधुसूदन चौरसियाको प्रमुख आतिथ्यमा हेल्पडेक्स तथा मोबाइल चार्ज तथा शुद्ध पानीको ब्यस्था गरेको छ ।
कार्यक्रमका प्रमुख आथिती मधुसूदन चौरसियाले सेवा नेै धर्म हो र मानवको सेवा गर्न सधै राष्ट्रिय बिधार्थी संघ पहिलो रहेको बताए । कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका एकाई अध्यक्ष अमीत यादवले पर्सा जिल्ला भरी विभिन्न समाजीक कार्य तथा नेपालमा पहिलो पटक अश्वमेध महायज्ञ वीरगंज महानगरपालिकामा भइरहेकोले हामीलाई यस्ता विशाल महायज्ञमा सेवा गर्न मौका पाएकोमा राष्ट्रिय बिधार्थी संघ धेरै खुशी रहेको बताए । कार्यक्रमा ठाकुरराम एकाई उपाध्यक्ष रामसुन्दर पंडित, दिपक पटेल, एकाई सचिव मो सागिर अलि, बिधार्थी नेता बिक्की राज पटेल, बिवेक झा, अनिस कुशवाहा, रुपेश चौरसिया, धिरेन्द्र यादव, बिदयानन्द साह, ओमप्रकाश गुप्ता, अजय गुप्ता लगाायतको सहभागिता रहेको थियो ।


त्यसैगरी ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगर–१० पर्साले अश्वमेध गायत्री महायज्ञको उपलक्ष्यमा चियापान समारोह कार्यक्रमको आयोजना गरेको थियो । ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल रहेका थिए । सो कार्यक्रममा पर्साका नायब उपरिक्षक मान बहादुर राई, वडा प्रहरी कार्यालय बिर्ताका निशान थापा, वडा प्रहरी कार्यालय श्रीपुरका चक्रबहादुर मल्ल, ग्रीन सिटीका संजय शर्मा, मुर्ली जलान, श्रीमति कविता खेतान, ज्योती रुंगटा लगायतको उपस्थिती रहेको थियो ।