मिनीबसको ठक्करबाट गर्भवती हरिणको मृत्यु

7

संतोष रन्जितकार
पथलैया बारा, २१ फागुन ।
नारायणगढबाट वीरगंज आउदै गरेको मिनिबसको ठक्करबाट एक हरिणको मुत्यु भएको छ । मंगलबार ११ बजेको समयमा नारायणघाटबाट वीरगंज आउँदै गर्दा बाराको पथलैया स्थित तौल (काटा) गर्ने स्थानमा पश्चिम तर्फबाट पुर्व तर्फ हरिणले बाटो काट्ने क्रममा वीरगंज यातायात सेवा प्रा.लि.को ना ५ ख ५१९ नम्बरको मिनिबसले ठक्कर दिदा गर्भ रहेको हरिणको घटनास्थल मै मुत्यु भएको थियो ।


बसका चालक एवम् बस धनी श्याम सुन्दर थापाका अनुसार अचानक पश्चिमबाट हरिणहरु क्रस भयो, त्यसलाइ बचाउदा अर्को पनि आईपुग्यो र बचाउँदा बचाउँदै पनि मुत्युभएको बताए । चालकलाई अहिले आवश्यक अनुसन्धानको लागि प्रहरी चौकी पथलैया बारामा राखिएको छ ।