चिरञ्जीवी यादव
वीरगंज, २२ फागुन ।
वीरगंजबाट हार्डवेयरको समान लोड गरेर आइरहेको क्रममा वीरगंज महानगरपालिका २२ जगरनाथफुर चौकमा बाटो क्रस गर्ने त्रममा ना.१ त ७२६१ नम्बरको ट्रैक्टरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगंज महानगरपालिका २२ जगरनाथपुर बस्ने बर्ष ४२ को धनेस साह कानु रहेका छन ।
शवलाइ पोस्टमार्टमको लागि नारायणी उप क्षेत्रिय अस्पताल वीरगंज, पर्सामा पठाएको वडा प्रहरी कर्यालय श्रीपुरले जनाएको हो ।
चालक पर्सागढी नगरपालिका २ निवासी जोखु राय र ट्रैक्टर प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कर्यालय पर्सामा राखीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।