तस्करीको सामान बरामद

53

संतोष रन्जितकार
वीरगंज,२२ फागुन ।
वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत रजतज्यन्ती चौक एरीयाबाट भन्सार राजश्व गस्ती सशस्त्र प्रहरीको टोलीले लाखौ मुल्यका लत्ता कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरी नेपाल भित्रयाएका लाखौ मुल्यका लत्ता कपडा बरामद गरेको हो ।
सिमावर्ती भारतीय शहर रक्शौलबाट ल्याइएका विभिन्न समानहरु लत्ता कपडा, स्टीलका भाडा वर्तन तथा किराना समानहरु भन्सार छली नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले जानकारी गराउनु भयो ।
पक्राउ गरिएको समानहरुको भन्सार मुल्य लगभग १ लाख २४ हजार रुपैया बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको समानहरुलाई थप आवश्यक प्रक्रियाका लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले जानकारी दिनु भयो ।