धिरज गोल्डकप हुने

1

संतोष रन्जितकार
वीरगञ्ज, २२ फागुन ।
वीरगञ्ज महानगरपालिका(२५ मा धिरज चौधरीको स्मृतिमा ५ औं श्रीसिया गोल्डकप भोलि (बिहीबार)बाट हुने भएको छ । चैत २ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक वजरंगी युवा क्लबले जानकारी दिएको हो । बुधबार पत्रकार सम्मेलन गरी क्लबले ड्राईपोर्ट सिर्सियास्थित खेल मैदानमा हुने प्रतियोगितामा ११ लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी दिएको थियो ।