पोखरीया नगरपालिकाका वडाअध्यक्षहरु बीच कुटाकुट

18

संतोष रन्जितकार
वीरगन्ज, २२ फागुन ।
पोखरीया नगरपालिकाको बोर्ड सदस्यहरु विच कुटाकुट भएको छ । पोखरीया नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सियानन्द चौहान र वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानु विच बुधबार कुटाकुट भएको हो ।
वडामा नगरपालिकाले समानुपातिक रुपमा विकासको बजेट बांडफांड नगरेको भन्दै वडा अध्यक्षहरु विच लामो समयसम्म वादविवाद हुदै आएको र बुधबार नगरपालिकाको बोर्ड बैठकमै दुई अध्यक्ष विच हातपात भएको थियो ।
घटनाका सम्बन्धमा पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार (मन्टु)ले बोर्ड बैठकमा स्मार्ट सिटीका बारेमा छलफल भएको र स्मार्ट सिटीको बजेट वडाका लागि नभई समग्र नगर विकासको योजनामा आएको हुँदा यसमा आफ्नो वडामा बजेट कम परेको भन्दै वडा अध्यक्षहरु विच विवाद भए पनि पछि सहमति भएको बताए ।