फरार अपराधी पटेल र मियाँ गिरफ्तार

7

संतोष रन्जितकार
बारा, २२ फागुन ।
सम्मानित बारा जिल्ला अदालत कलैयाको मिति २०६९।०७।२४ गतेको फैसला आदेश अनुसार लागुऔषध तथा बिस्फोटक पदार्थ मुद्दामा २ वर्ष कैद र रु.१०,०००।– जरिवाना लागी फरार रहेका जिल्ला बारा बारागढी गाउँपालिका वडा नं.५ बस्ने रामचन्द्र पटेलको छोरा उमेश पटेललाई मंगलबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले पटेललाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरि निज पटेललाई कैद तथा जरिवाना भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सम्मानित बारा जिल्ला अदालत कलैयाको मिति २०५७।११।०५ गतेको फैसालाले सवारी ज्यान मुद्दामा २७ दिन कैद र रु.५००।– जरिवाना लागी फरार रहेका जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ बस्ने ईसाहक मियाँ अन्सारीको छोरा वर्ष ५५ को कमरुदिन मिया अन्सारीलाई मंगलबार यस कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरेको थियो । सम्मानित अदालतको आदेशले निजलाई ठेकिएको कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको थियो ।