वीरगंज,२२ फागुन ।
संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले रोजगारीको कुरा गर्ने सरकारले राहत शिक्षकहरुलाई बेराजगार बनाई गाई भैसी बाख्रा चराउन पठाउने तर्फ सरकार लागी परेको आरोप लगाउनु भएको छ ।
आज संघिय संसदमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचीत प्रतिनिधि सभा सदस्य सांसद यादवले राहत शिक्षकहरुको सवालमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाउनु भयो । सांसद यादवले सरकारको ड्राफ्टमा राहत शिक्षकलाई २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने र ८० प्रतिशत शिक्षकको जागीर चट गर्ने सरकारको योजना रहेको यादवले संसदमा खुलासा गरेका थिए । ४० हजार राहत शिक्षक मध्ये ८ हजारले जागीर पाउने र ३२ हजारले बच्चाहरुलाई पढाउन छोडेर गाई भैसी बाख्रा चराउन पठाउने सरकारको रणनीती रहेको उनले दावी गरे । एकातीर सरकारले भनि रहेको छ कि हाम्रो योजना छ हामी ५ लाख बेरोजगारलाई रोजगारी दिने र अर्को तर्फ रोजगारमा रहेका राहत शिक्षकहरुलाई बेरोजगार बनाउने सरकारको दोहोरो चरित्र बुझिनसक्नु अवस्था रहेको बताउनु भयो ।
राहत शिक्षक र सरकार विच स्थायी दरवन्दीमा परिणत गर्ने सम्झौता गरेको थियो तर अहिले आएर जुन शिक्षक ऐन बनाइरहेको अवस्था छ प्रारम्भिक ऐनमा त्यो कुरा छुटाएकोले सरकारको दोहोरो चरित्र उदांगिएको उहाले आरोप लगाउनु भयो । संसद मार्फत सरकारलाई अनुरोध गर्दै सांसद यादवले राहत शिक्षकहरुसंग वार्ता गरी तिनीहरुका समस्या सामाधान तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । गणतन्त्र आइसक्यो तर पञ्चायती शैलीमा घेरा हालेर राहत शिक्षकहरुको शान्तिपुर्ण जुलुशमा एक्काशी प्रहरीद्वारा दमन गरिएको प्रती सांसद यादवले खेद समेत प्रकट गर्नु भएको थियो ।