खानेपानी सरसफाई स्वच्छता तथा स्वास्थ्य योजना निर्माण सम्बन्धि अनुशिक्षण

22

वीरगंज, २३ फागनु ।
पर्साको बिन्दवासनी गाँउपालिकामा बिहिबार गाँउपालिका स्तरीय खानेपानी सरसफाई स्वच्छता तथा स्वास्थ्य योजना निर्माण सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकालाई चैत्र दोस्रो हप्तासम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न छलफल गरेको हो । पर्सालाई चैक्र मसान्तसम्म खुला दिशामुत्त क्षेत्र घोषणा गर्न निर्णय भईसकेको हुनाले गाँउपालिकालाई जुनसुकै हालतमा पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने गाँउपालिका अध्यक्ष कानुले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । गाँउपालिका पाँच वटा मध्ये एउटा वडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेको र चारवटा घोषणा गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई कडाईका साथ लाग्न अनुरोध गर्नुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले शौचालय निर्माण नगर्नेको सम्पुर्ण सेवासुबिधा रोक्का गर्न निर्देशन दिनुभयो । उहाँले गाँउपालिकाले संचालन गरेको खुल्ला दिशा क्षेत्र घोषणा अभियानमा एक्यवद्धता जनाउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिती एवं जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीका अध्यक्ष नेक महम्मद मियाँ, प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्ष प्रमेध्वज शाह, स्वस्च्छता अभियान प्रदेश नं. २ का संयोजक सलाउदिन अहमद, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, उपाध्यक्ष किरण देवी गुप्ता, वडा अध्यक्ष सगिर मिया, संजय चौहान, सुकेदव राउत अहिर, कार्यपालिका सदस्य रामाधार मुखिया, प्रमुख प्रशासकिय अधिकृत सुजित साह, युएनहेबिट्टेका हरी बुथाढोकी, वास कोर्डिनेटर राजेश यादव लगायतको सहभागिता रहेको थियो । स्वागत मन्तव्य गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताले गर्नुभएको थियो भने सहजीकरण समाजिक बिकास प्रमुख रामप्रवेश साहले गर्नुभएको थियो । कार्यक्रम युनिसेफको सहयोगमा सम्पन्न भएको थियो ।