ब्रहृमाकुमारी राजयोगको उपशाखा अलौंमा पदयात्रा एवं आध्यात्मिक प्रवचन

58

वीरगंज, २३ फागुन ।
ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजको उपशाखा अलौं स्थित उप सेवा केन्द्रमा शिवजयन्ति महोत्सव अन्तर्गत बिहिबार चैतन्य झाँकी सहितको शान्ति पदयात्रा एवं आध्यात्मिक प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । ब्रहृमाकुमारी रबिना दिदीको सभाध्यक्षतामा आयोजित सो कार्यक्रम वडा अध्यक्ष विरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा दिप प्रज्वलन, भगवान शिवको झण्डोत्तोलन तथा केक कटिंग समेत भएको उक्त समारोहमा ब्रहृमाकुमारी रविना दिदीले संसारमा जुन सुकै धर्म संस्कृति र भाषाका व्यक्तिहरुको बसोबास रहेतापनि सबै उनै एक निराकार परमात्मा शिवको सन्तान भएको हुँदा परमात्माको आध्यात्मिक ज्ञान र वरदान सबैको लागि भएको र यसलाई जीवनमा धारण गर्न सकेमा सबैमा प्रेम, अहिंसा र भाईचाराको विकास भई सुख शान्ति र आनन्द पूर्वक जीवन जीउन सकिने बताउनु भएको थियो ।
कार्यक्रममा ब्रहृमाकुमारी बेली, ब्र.कु. गोपिनी, ब्र.कु. गोवर्द्धन लगायतका वक्ताहरुले महाशिवरात्रिको आध्यात्मिक रहस्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रममा सिर्सिया प्रहरी चौकीका प्रहरी नायब निरिक्षक सौरभ राज भण्डारी, शिक्षक प्रेमनाथ उपाध्याय, अखिलेश तिवारी लगायत समाजका भद्रभलादमीहरुको उपस्थिति रहेको थियो । ।
कार्यक्रममा स्वागत एवं चित्रप्रदर्शनी ब्रहृमाकुमारी सबिताले गरेकी थिइन भने सञ्नालन ब्रहृमाकुमारी रेणुले गरेकी थिईन ।

https://ankushdaily.com/