लायन्स तथा लियोले आयोजना गर्न लागेको मोटिवेश्नल सेमिनारको तयारी पुरा

26

वीरगंज, २३ फागुन ।.
लायन्स तथा लियो क्लब अफ वीरगंजको आयोजनामा शनिबार वीरगंजमा हुने मोटिवेश्नल सेमिनारको सम्पूर्ण तयारी पुरा भएको छ । वीरगंज नगर सभागृहमा हुने मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनारको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । लायन्स तथा लियोको संयुक्त आयोजनामा हुने प्रेणात्मक तथा जीवन परिवर्तन सेमिनार एउटा अन्तर्राष्ट्रिय स्तरको नै सेमिनार हुने कार्यक्रम संयोजक लायन छेदुप लामाले जानकारी गराए । यस कार्यक्रमका प्रमुख अन्तर्राष्ट्रिय स्तरकै वक्ता रमण नेपाली रहेका छन भने त्यैसै गरि वीरगंजका युवा नेता तथा सबल वक्ता रहबर अन्सारी मुख्य आकर्षण रहेको लियो क्लबका पुर्व अध्यक्ष रिषभ अग्रवालले बताए ।
जीवनमा आइरहने बाधा अड्चनलाई समाधान गर्दै सुख दुःखलाई सन्तुलन गरि कसरी सधै खुशी हुन सकिन्छ र युवाहरुको नेतृत्व क्षमतालाई अभिवृद्धि गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको लियो क्लबका सचिव मेराजुल हवारीले बताए ।कार्यक्रममा सम्पुर्ण युवा, व्यवसायी, शिक्षक, बैंक तथा बिद्यार्थीहरुको लागि बिशेष फाइदाजनक रहेको लियो क्लबकी फुर्व अध्यक्ष सरिता खड्गीले बताइन ।
कार्यक्रमका मुख्य वत्ता रमण नेपाली शुक्रबार बेलुका सम्म बिरगंज आइसक्ने उनले जानकारी समेत गराइन । कार्यक्रम निर्धारित समयमा नै हुने जानकारी गराउदै उनी शनिबार बिहान ठिक १०.३० मा कार्यक्रम स्थलमा सम्पूर्णलाई उपस्थिति हुनको लागि आग्रह समेत गरेकी थिइन् ।

https://ankushdaily.com/