वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत भूसालको विदाई , जनप्रतिधि र कर्मचारीको समिकरण राम्रो मिलेकै कारण विकासले गति लिएको छ ः मेयर सरावगी

17

वीरगंज,२३ फागुन ।
वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भूषालको बिहिबार बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न वडाका वडाअध्यक्षहरु वीरगंज महानगरपालिकाको कार्यालयमा गएर अधिकृत भूषालको बिदाई गरेका हुन् ।
यसैगरी वीरगन्ज उद्योग वाणिज्य सघं, जिल्ला प्रशासन कार्यालय पर्सा र सञ्चारकर्मीहरुले अधिकृत भूषालको प्रगतिको कामना गर्दै विदाई गरेका थिए । महानगरबाट सरुवा भएर श्रम मन्त्रालय (सह–सचिव)मा जान लागेको अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायत सञ्चारकर्मीले प्रमुख प्रशासकीय अधिकृत भूसाललाई फूल माला लगाई विदाई गरेका थिए ।
विदाई कार्यक्रमअघि भएको छलफल कार्यक्रममा महानगरमा सवाँ ९ महिना पहिले हाजिर भएपछि महानगरको आर्थिक तथा प्रशासनिक र सुशासनको सवालमा भएका परिवर्तनको बारेमा चर्चा गरिएको थियो । अर्घाखाची स्थायी घर भएका प्रमुख प्रशासकीय अधिकृत हाल काठमाडौंमै बसोबास गर्ने गरेको र उनले वीरगंज छोडेर गइरहदाँ श्रीर्सिया खोलाको प्रदुषणको सवालमा केही गर्न नसकेको कुरा आफुलाई खडकेको सञ्चारकर्मी समक्ष धारणा राखेका थिए । उनले कर्मचारी तन्त्रको घुसखोरी र आर्थिक अनियमतितालाई रोक्न आफुले भरमग्दुर प्रयास गर्दै महानगरमा स्वस्थ्य काम गर्ने वातावरण बनाएको दाबी गरे । उनी गीता बोकेर आएको र गीतामै कसम समेत खाएर भने–ॅआफनो लागि केही पनि गरिएन, जनता र सेवाग्राहीको सुविधाको लागि दिनरात खटिरहे, वीरगंजलाई आफनै गाउँठाउँ भनेर सदेव छातीमा बसीरहने बताए ।’
उनले आफुले वीरगंज बसपार्क सञ्चालनको लागि आफुले भूमिका निर्वाह गरेको, फोहोरमैला व्यवस्थापन केन्द्रको पूर्णताकोलागि आफुले चाहे तपानि ठेकेदारको बदमासीको कारण विस्तारै काम गर्ने भएकोले सञ्चालनमा ल्याउन नसकेको पनि उनले दुःखेसो पोखे । उनले मिडियाकर्मीहरुसंग महानगरमा सुशासनको लागि सदैव खबरदारी गरिरहन अग्रह गरेका थिए ।
यसैवीच, महानगरका प्रमुख प्रशासकीय अधिकृत भूसालको सहायक प्रशासकीय अधिकृत उपसचिव शिवप्रसाद लम्सालको पनि सरुवा भएको छ । उनको पनि सोही कार्यक्रममा विदाई गरिएको थियो । स्याङ्जा घर भएको लम्साल नवलपरासीको बेलकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर जान लागेका हुन् ।
यसैगरी विरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले राखेको विदाइ कार्यक्रममा वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले जनप्रतिधि र कर्मचारीको समिकरण राम्रो मिलेकै कारण महानगरपालिकाको सुशासन तथा विकासले गति लिएको बताए । विगत नौ महिनामा प्रमुख प्रशासकिय अधिकृत डा. भूसाल तथा उपसचिव शिव प्रसाद लम्सालले गरेको कार्यलाई उपस्थित सबै वडा अध्यक्षहरुले धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकिय अधिकृत डा भूसालले महानगरपालिकमा स्थापित गरेको सुशासनले महानगरपालिका वासीमा सकारात्मक भावना उत्पन्न गरेको धारणा व्यक्त गरेका थिए ।