संतोष रन्जितकार
बारा, २४ फागुन ।
कलैया उपमहानगरपालीकाको मुख्य बजार क्षेत्रलाई फुटपाथ तथा ट्राफिक व्यवस्थापन गर्ने अभियान अन्तर्गत जि.प्र.का. बारा तथा अ.ट्रा.प्र.पोष्ट कलैयाको संयुक्त प्रयासमा मिति २०७५/११/१० गते देखि २०७५/११/२४ गते सम्म ल्य एबचपष्लन ब्चभब मा राखिएका १०० (सय) वटा मोटर साईकललाई जरिवाना गरी रू ६०,०००।– (साठी हजार) राजश्व संकलन गरिएको साथै फुटपाथ र सडक अतिक्रमण गरी राखिएका समानहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कलैया उप–महानगरपालिकाको कार्यालयमा पठाईएको थियो ।