केडियाका अपहरणकारी पक्राउ

30

संतोष रन्जितकार
वीरगन्ज, २४ फगुन ।
पर्साका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजय कुमार महतो रहेका छन् । उनीहरुलाई पर्साको छिपहरमाही गाउँपालिका–५ बाट शुक्रबार पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । पक्राउ परेकामध्ये पासवान योजनाकार रहेको र महतोले अपहरित व्यापारी केडियाको गाडी चलाएको ढकालले बताए । ढकालले केडिया अपहरण सम्बन्धि मुद्दा जिल्ला अदालत बारामा दर्ता भएकोले पक्राउ परेकालाई बारा पठाइने बताए । पर्साका व्यापारी केडिया २०७३ साल जेठ १३ गते अपहरणमा परेका थिए भने १६ गते अपहरण मुक्त भएका थिए । केडिया अपहरणमा संलग्नको आरोपमा यसअघि मुख्य आरोपी पाँच जना पक्राउ परिसकेका छन् ।

https://ankushdaily.com/