नारी दिवसमा पुरुषको प्रदर्शन

20

संतोष रन्जितकार
वीरगंज, २४ फागुन ।
१०९ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०१९ अर्थात नारी दिवसको अवसरमा वीरगंजमा महिला हिंसा विरुद्ध पुरुष पदयात्रा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा वीरगंज महानगरपालिका,जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी सिमा सुरक्षा बल पिपरा, सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य तथा विझिन्न संघ संस्थाको अगुवाईमा कार्यक्रम गरिएको हो । लैगिंक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार मुल नाराका साथ कार्यत्रम गरिएको अभियन्ता जया साहले जानकारी दिए ।
वीरगंजको घण्टाघरबाट शुरु भएको पदयात्रा नगर परिक्रमा गरि पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भई सपन्न भएको थियो । पदयात्रमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मानबहादुर राई, वीरगंज महानगरपालिकाका अरुण महतो, ओमप्रकाश सरार्फ, रामाकान्त पटेल लगायत वीरगंजका युवा, प्रहरी तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।