पटेर्वा सुगौलीमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया

31

वीरगंज,२५ फागुन ।
पर्साको पटेर्वा सुगौली गाउँफालिकामा महिला अधिकार सम्बन्धि अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । पटेर्वा सुगौली गाउंफालिकाको वडा नं.५ को कार्यालयमा शनिबार सो अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको हो । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साद्वारा संचालित सम्झव शुन्य सहनशिलताः लैंगिक हिंसा मुक्त विद्यालय कार्यत्रम अर्न्तगत आयोजित अन्तरक्रियामा महिलाहरुको समस्या, समाधानका उपाय र नेपालको संविधानमा महिला हकअधिकार सम्बन्धी विषयमा वृहत छलफल भएको थियो । गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले अध्यक्षता गर्नुभएको कार्यक्रममा वडा सचिव श्यामसुन्दर चौधरी, एनजीओसीसीका विद्यालय उत्प्रेरक अजय पटेल, सामाजिक परिचालन अधिकृत रामप्रवेश यादवलगायत निचुटाकी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष महतोले महिलाहरुको आय आर्जनका लागि विभिन्न सीप मुलक तालिम आयोजना गर्न लागेको बताउदै महिलाहरुको हकहित सुनिश्चित गर्न आफु प्रतिबद्ध रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन र विभिन्न ऐन, नियमावली, कार्यविधि आदिमा भएको महिलाको हकबारे छलफल भएको थियो ।