प्रमुख प्रशासकीय अधिकृत भुसालको सम्मान तथा बिदाई

7

संतोष रन्जितकार
वीरगंज, २५ फागुन ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भुषाललाई शनिबार वीरगंज युवा समाजले बिदाइ तथा सम्मान गरेको छ । वीरगंजको रेशमकोठी स्थित मुनलाइट माविमा आयोजित बिदाइ कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भुषाललाइ प्रशंसा पक्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यत्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत डा. भुषालले बीरगंजमै बसेर अँझै धेरै बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने तथा बाकी रहेका कामहरुलाइ सम्पन्न गर्ने चाहाना हुँदा–हुँदै पनि वीरगंजबाट भौतिक रुपमा सरुवा भएको प्रति दुःख ब्यक्त गर्नुभएको थियो । उहाले जहाँ सरुवा भएपनि वीरगंज र वीरगंज बासीको बिकासको लागि सदैव साथ र समर्थन गरिरहने बताउँदै बिकास निर्माणमा सम्पुर्ण महानगरबासीहरुलाई आ–आफ्नो स्थानबाट हातेमालो गर्दै जुट्नुपर्ने कुरामा जोड दिनुभयो । बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइको सभापतित्वमा भएको कार्यक्रममा बीरगंज महानगरपालिका वडा न. ४ का अध्यक्ष जगतसाह कानु, वडा न. ५ का अध्यक्ष प्रदिप चौरसिया, मुनलाइट स्कुलका प्रबन्ध निर्देशक श्याम केसि, वडा प्रहरी कर्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापा, युवा समाजका सल्लाहकार मार्टिन मोक्तान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण समाजका सचिव हेमन्त तामांगले गरेका थिए ।