मुनलाईट विद्यालयको ३८ औँ वार्षिकोत्सव

48

संतोष रन्जितकार
वीरगञ्ज, २५ फागुन ।
वीरगञ्ज महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले निकट भविष्यमै आफ्नो वडामा रहेका विद्यालय पढ्ने बालिकाहरुलाई साईकल वितरण गर्ने योजना रहेको बताएका छन् । मुनलाईट माध्यमिक विद्यालयको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले उक्त योजनाको घोषणा गरेका हुन । वीरगञ्ज कुम्हालटोल स्थित मुनलाईट माविमा आयोजित वार्षिकोत्सवमा समारोहमा विद्यालका विधार्थीहरुले विभिन्न सांस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुतीसँगै सन्देशमुलक नाटक पनि प्रस्तुत गरेका थिए । वार्षिकोत्सव समारोहमा वर्षभरि नै विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।


विद्यालयका प्रधानाध्यपक श्याम केसीको सभापत्विमा सम्पन्न समारोहमा वडा नं ५ का वडा अध्यक्ष प्रदीप चौरसिया प्रमुख अतिथी रहेका थिए भने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान थापा, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, जिल्ला स्काउट फर्साकी सह आयुक्त दिब्या लक्ष्मी शाक्य, कञ्चनजंघा माविका निर्देशक मार्टिन मोत्तान, प्याबसन वीरगञ्जका अध्यक्ष आलोक चौरसिया, कोषाध्यक्ष सन्नि पाख्रिन, विधा सदन माविका प्रधानाध्यपक लालबहादुर गुरु·, सम्भु रिमाल लगायतको उपस्थिती रहेको थियो । ३८ वर्षमा प्रवेश गर्दा मुनलाईट माविको काँधमा अझ गुणस्तरीय शिक्षा प्रवाह गर्ने जिम्मेवारी आएको विद्यालयका संयोजक हेमन्त तामा·ले बताए ।

https://ankushdaily.com/