विद्यालयमा अभिभावकको सम्मान

8

वीरगंज, २५ फागुन ।
वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली बिर्तामा शनिबार अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा सो सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
सो सम्मान कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी रहेका थिए भने कार्यक्रम सोही विद्यालयका वि.व्य.स.का अध्यक्ष शिव नारायण मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ४० जना अभिभावकहरुलाई खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष शम्भु मिश्र र नगरप्रमुख सरावगीले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने स्वागत मन्तव्य प्र.अ. बिजेन्द्र ठाकुरले गरेका थिए ।
सो सम्मान कार्यक्रममा प्रेमचन्द्र दुवे, प्रभु प्रसाद लगायत शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक शैलेन्द्र जोशीले गरेका थिए ।