फर्मा क्लबद्वारा एक दिने प्राविधिक गोष्ठी सम्पन्न

27

वीरगंज, २६ फागुन ।
फर्मा क्लब वीरगंजद्वारा आइतबार सिमराको होटल इच्छामा वीरगंज लगायत अधिराज्य भरिका विभिन्न औषधि उद्योगमा कार्यरत फर्माशिष्टहरुको उपस्थितिमा एक दिने प्राविधिक गोष्ठी सम्पन्न भएको छ ।
सो प्राविधिक गोष्ठीमा विराटनगर, भैरहवा, नारायणगढ र वीरगंज करिडोर गरी १०२ जना फर्माशिष्टहरुको उपस्थिति रहेको थियो । उक्त गोष्ठीमा यस कार्यक्षेत्रसंग आवद्ध औषधी व्यवस्था विभाग वीरगंजका प्रमुख सरस्वती डंगोल तथा विभिन्न औषधी उद्योगका प्रबन्ध निर्देशकहरु उमेशलाल श्रेष्ठ, नारायण बहादुर क्षेत्री, पृथ्वीराज भण्डारी, प्रेम जातिया, प्रभात रुंगटा साथै विशिष्ठ प्राविधिक व्यक्तिहरु कमलेश कुमार दत्त, भरत साह, सुरेन्द्र बतास लगायतको उपस्थिती रहेको थियो ।