कलैया, २६ फागुन ।
बाराको महागढीमाई नगरपालिका वडा नं ७ बेनौलीमा आइतबार निःशुल्क साइकल वितरण गरिएको छ । श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १०६ छात्राहरुलाई सो साईकल बितरण गरिएको हो । साईकल खरिद तथा बितरण उप समितीका अध्यक्ष ओमप्रकाश चौधरीका अध्यक्षतामा भएको थियो भने साईकल बितरण कर्यक्रममा नगरपालिकाका मेयर उपेन्द्र यादव, बिद्यालय व्यस्थापन समितीका अध्यक्ष राजदेव साह, बिद्यालयका प्रधानाध्यापक जितेन्द्र यादव, नेकपाका नेता कौशल सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण स्कुलका शिक्षक रामबहादुर पंडितले गर्नुभएको थियो ।