विद्यासागर स्कुलको तेइसौं वार्षिकोत्सव सम्पन्न

43

वीरगंज, २६ फागुन ।
विद्यासागर सेकेन्ड्री स्कुलको २३ औं वार्षिक समारोह सम्पन्न भएको छ । स्कुलका अध्यक्ष जर्नादन सिंह क्षेत्रीको अध्यक्षतामा भव्यतापूर्वक सम्पन्न सो समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल रहनु भएको थियो ।


आदर्शनगर स्थित नगरसभागृहमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलम, रामनारायण कुर्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा स्कुलमा अध्ययनरत बालबालिकाहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । विभिन्न कक्षामा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

https://ankushdaily.com/