समुदाय प्रहरी साझेदारी अन्तर्गत अनुशिक्षण

20

संतोष रन्जितकार
बारा, २६ फागुन ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत आइतबार जितपुरसिमरा उप–महानगरपालिकामा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझmेदारी (ऋयmगलष्तथ(एयष्अिभ एबचतलभचकजष्उ) कार्यक्रम अन्तर्गत जिल्ला बारा जितपुरसिमरा उप–महानगरपालिकाका वडा नं.१४ राजघट्टा स्थितमा रहेको श्री जनता मा.वि.मा राजघट्टा बाराका कक्षा ११ र १२ मा अध्ययनरत छात्र, छात्राहरुलाई यस कार्यालयबाट खटिनु भएका प्र.ना.नि.श्याम कुमार मोक्तानले विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत लागु पदार्थ सडक सुरक्षा र ऋथदझच ऋचष्भ सम्बन्धीत विषयमा जनचेतनामुलक अनुशिक्षण दिएका थिए । सो अनुशिक्षण कार्यक्रममा विद्यार्थी शिक्षक लगायत ७० जनाको उपस्थिती रहेको थियो ।


त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले विभिन्न मिति र स्थानहरुमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राईएको रू.३ लाख ५ हजार २ सय बराबरको विभिन्न किसिमका किराना, खाद्य, सुर्ती, कपडा लगायतका मालसामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । सो बरामद गरिएको सामानहरुलाई आइतबार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाएको एक प्रहरीले जानकारी दिए ।