संतोष रन्जितकार
बारा, २७ फागुन ।
नेत्रहिन संघ बारा र नेपाल अपां· सेवा संघ निजगढ ईकाईले नगरपालिका भित्रका अपां·ता भएका व्यक्तिको सहजताका लागि व्हीलचेयर, ट्राईसाईकल, सेतो छडी लगायतका विभिन्न सामाग्री वितरण गरेको छ ।
राष्ट्रिय अपां· पुर्नस्थापना समाज काठमाण्डौंले उपलब्ध गराएको १२ लाख भन्दा बढी मूल्य बराबरको सामाग्री निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र उपमेयर लिलादेवी लामिछाने खनालले अपा·हरुलाई हस्तान्तरण गर्नुभएको हो ।
नगरपालिका भित्र रहेका एक हजार दुई सय अपां·ता भएका व्यक्ति मध्ये एक सय जनालाई सामाग्री उपलब्ध गराउँन निजगढ नगरपालिकाले व्यवस्थापकिय सहयोग गरेको थियो ।
सहयोग सामाग्री हस्तान्तरण गर्दै मेयर खनालले अपां·ता भएका व्यक्तिलाई स्वरोजगार बनाउँन र समाजमा स्थापित गराउँन नगरपालिकाले योजना बनाईरहेको बताए । नगरपालिका भित्र रहेका अपां·ताको पहिचान गर्ने काम भईरहेको भन्दै मेयर खनालले अपां·ता भएका व्यक्तिको अवस्था हेरेर त्यसै अनुसारको क्षमता अभिबृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउँने बताए ।
कार्यक्रममा उपमेयर लामिछानेले अपां·ता भएका बालबालिकाको शिक्षाका लागि नगरपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघ संस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरिन् ।
कार्यक्रममा अपां· पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले अपां·ता भएका व्यक्तिले अन्य नागरिक सरह नैं बाँच्न सक्ने अधिकार रहेको भन्दै उनिहरुको सहजताका लागि संस्थाले सामाग्री उपलब्ध गराएको बताए । नेपाल अपां· सेवा संघका प्रदेश २ र ३ का सल्लाहकार समिति सदस्य गंगा वाग्लेले अपां·ता भएका नागरिकका लागि राज्य अझै गम्भिर हुन् जरुरी रहेको बताए ।
कार्यक्रममा १९ जनालाई व्हीलचेयर, आठ जनालाई ट्राईसाईकल, ४० जनालाई सेतो छडि, १२ जनालाई टकि· वाच, चार जनालाई अल्बो चर्चेज, पाँच जनालाई बैशाखी, चार जनालाई वाकर लगायतको सामाग्री वितरण गरिएको अपां· संघ बाराका अध्यक्ष धनफ्रसाद बजगाईले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय नेत्रहीन त्रिकेट खेलाडी मनकेशरी चौधरीलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो ।