मन्त्री सोनलद्वारा जनता आवास कार्यालयको उद्घाटन

14

संतोष रन्जितकार
वीरगंज, २७ फागुन ।
प्रदेश नं.२ का भौतीक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल र जनता आवासका संयोजक विधायक रमेश पटेलले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नु भएको छ ।
वीरगंजको जिल्ला प्रशासन कार्यालयको हाता भित्र राखिएको कार्यालयबाट निर्माण कार्यको नीति नियम तर्जुमा गर्ने भएको छ ।


सर्व प्रथम प्रदेश नं.२ मा रहेका ८ वटा जिल्लाहरुका महा दलितहरुलाई जनता आवास बनाउने योजना रहेको छ । भौतीक पूर्वाधार तथा विकास मन्त्री सोनलले सर्व प्रथम महादलित, दुसाद, हलखोर, मुसहर, र चमारलाई जनता आवासको प्रथम सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यस पछि मध्यम वर्गका जातजाती आदिवासीहरुको चरणबद्ध रुपमा जनता आवास बनाउने बताउनु भयो ।
जनता आवास बनाउने क्रममा तिन चरणमा किस्ता गरिएको र ८ वटै जिल्लामा एक साथ जनता आवासको सुविधा प्रदान गरिने तथा प्रथम चरणको जनता आवास निर्माणको क्रममा अलपत्र भएकोलाई पुनः निर्माण गरिने समेत मन्त्रि सोनलले बताउनु भएको थियो ।
जनता आवास कार्यालयको प्रदेश नं २ को वीरगंजमा उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई प्रहरी उपरिक्षक रेवती ढकाल, सांसद र विधायकहरुमा ज्वाला साह, प्रहलाद गिरी, करिमा बेगम, जन्नत अन्सारी र शेख फिरोज लगायतको उपस्थिती रहेको थियो ।