सशस्त्र प्रहरीद्वारा ६० किलो गांजा बरामद

55

संतोष रन्जितकार
वीरगंज, २७ फागुन ।
पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ सखुवनीयाबाट सशस्त्र प्रहरीले तीन बोरा गाजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले तीनवटा बोरामा रहेको अन्दाजी ६० केजी गाँजा आइतबार राति बरामद गरेको हो ।
जिराभवानी गाउँपालिका ५ शंकरसरैयामा रहेको सुगिभार ज·ल क्षेत्र भएर तस्करले टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करले गाँजाको बोरा फ्याकेर भागेकाले पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए । बरामद गरिएको गाँजा सोमबार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको उनले जानकारी दिए ।
विगत लामो समयदेखि मकवानपुर र धादिङमा उत्पादित प्रतिबन्धित लागुऔषध गाँजा र चरेश पर्सा र चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन हुँदै पर्साको सुवर्णपुर, बिजयवस्ती, शंकरसरैया, सोनवर्षा, पटेर्वा सुगौली, देवारीया, मोरटोलमा भण्डारण गरी त्यहाँबाट तस्करले भारततर्फ लैजाने गरेको पाइएपछि प्रहरीले सो बिरुद्ध अभियान चलाएको जनाएको छ ।

https://ankushdaily.com/