मुक्तिनाथ विकास बैंकद्वारा साक्षरता कार्यत्रम

44

संतोष रन्जितकार
वीरगंज, २७ फmागुन ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले सोमबार साक्षरता कार्यत्रम सम्पन्न गरेको छ । बैंकले आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता भन्ने मूलआशय सहित वीरगंज क्याम्पसमा विक्तीय साक्षरता कार्यत्रम सम्पन्न गरेको हो । सो कार्यक्रम प्रार्चाय विनोदकुमार गुप्ताको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको मुख्य उद्देश्य विक्तीय साक्षरता कार्यत्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतीक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने रहेको थियो ।
विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ ? भन्ने फनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको बैंकले जनाएको छ । कार्यत्रममा १०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको विक्तीय साक्षरता कार्यत्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भइसकेका छन् ।

https://ankushdaily.com/