किसान एग्रो केमिकल्समा प्रशासनको छापामारी, बार्गेनिंग नमिलेकोले पूर्व कर्मचारीले दिए सुराग

14

संतोष रन्जितकार
वीरगञ्ज, २८ फागुन ।
वीरगञ्जको किसान एग्रो केमिकल्स प्रालिमा जिल्ला प्रशासन कार्यालय पर्साद्वारा छापा मारी भएको छ । सो प्रालिमा काम गर्ने एक लेखापालले आफ्नो कुरो नमानेपछि यो छापामारी गराएको बताइन्छ । किसान एग्रो केमिकल्स प्रालिले म्याद सकिएको औषधी पुनः म्याद थपी रिप्याकि· गरि विक्री वितरण गरेको जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीेको आधारमा छापामारि गरिएको दावी गरिए तापनि त्यही काम गर्ने र साहुसंग बार्गेनि· गर्ने व्यक्तिकै सुराकीमा सो छापामारी भएको बताइन्छ ।


वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ एक किटनासक औषधी उत्पादन गर्ने उद्योगमा छापामारी गरी सिलबन्दी गरेको छ । नारायणी उपक्षेत्रीय अस्पतालको पछाडी उद्योगमा रहेको किटनाशक औषधी सो उद्योग वीरगञ्जका उद्योगपति श्याम कुमार तुल्स्यानले किटनाशक औषधी मगाएर रिप्याकि· गर्ने तथा म्याद सकिएको औषधी उत्पादनमा पुनः म्याद थपि रिप्याकि· गरि बजारमा विक्री वितरण गरेको फेला परेको थियो ।


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले उद्योग संचालन ऐन अन्तरगत उद्योग सञ्चालन नगरेकोले स्थानीय प्रशासनमा परेको उजुरीको आधारमा छापा मारिएको बताए ।
सो उद्योगले बालीनाली तथा खेतमा छर्ने गुणस्तरहिन किटनाशक औषधी उत्पादन गर्ने गरेको, बाहिरबाट किटनाशक औषधी मगाएर रिप्याकि· गर्ने तथा म्याद सकिएको उत्पादनमा फेरी म्याद थपि बजारमा विक्री वितरण गरि अनियमितता गरेको समेत भेटिएको उनले बताए ।
कृषि ज्ञान केन्द्र पर्साका अधिकारी सनसुख हकले छापामारी टोलीमा वाणिज्य कार्यालय वीरगञ्ज, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, कृषि ज्ञान केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उद्योगी श्याम तुल्स्यानले किसान एग्रो केमिकल्स प्रालि वीरगञ्ज २४ रामगढवामा सञ्चालित रहेको र एउटै नामबाट दुई वटा उद्योग सञ्चालन गरी राजश्व छली गरेको भेटिएपछि प्रशासनले छापामारी गरी उद्योग सिलबन्दी गरेको छ ।