लुटेराहरु गिरफ्तार

11

संतोष रन्जितकार
वीरगञ्ज, २८ फागुन ।
जन्ती आएका दुईजना भारतीय नागरिकलाई कुटपिट गरी गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लुटपाट गरेको अभियोगमा पर्सा जगरनाथपुर गाउँपालिका–१ पाण्डेपुर बस्ने लोहा सिंह भन्ने ३५ वर्षीय कोराईन राउतलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
कोराईनसहित तीनजनाले भारत बेतिया गोपालपुर थानाबाट बिहेको जन्ती आउने क्रममा महमद इम्तियाज आलम र साकिर आलम सवार मोटरसाइकल रोकेर उनीहरुको गरगहना लुटपाट गरका थिए ।
उनीहरुको साथमा रहेको तीनसय ग्राम चाँदीको गाडाई, पाँच सय ग्रामको चाँदीको हसुली, सुनको नथिया र टिका लुटेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।