विकासको लागि कुनै कसर बांकी नराख्ने ः सांसद यादव

8

संतोष रन्जितकार
वीरगंज,२८ फागुन ।
संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले पर्सा जिल्लाको विकासको निम्ति पहिलो प्राथमिकतामा राखेर आफुले काम गरीरहेको बताउनु भएको छ । सांसद प्रदिप यादवको संसदीय विकास पुर्वाधार कोषबाट २० लाखको लागतमा विवाह भवन निर्माण हुन लागेको छ ।
सांसद पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालीका वडा नम्बर १५ भिस्वमा निर्माण हुन लागेको विवाह भवनको शिलान्यास गर्दै सांसद यादवले पर्सा जिल्लाको विकासका लागी आफु कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सांसद यादवले निर्माण हुन लागेको विवाह भवनले यस क्षेत्रका जनताका लागी विवाह, पुजा लगायत हरेक शुभ कार्यमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
विवाहका लागी ठुला–ठुला होटेल बुक गर्दा विवाहमा लाग्ने ठुलो धन राशीको बचत हुने भएकाले यस विवाह भवनले यस क्षेत्रका जनताको लागी फाइदा जनक हुने बताउनु भयो ।
सांसद यादवले पर्सा जिल्लाको विकासका लागी सबै राजनीतिक दल तथा सबै तह तप्काका व्यक्तिहरुको सहयोग आवश्यक रहेको बताउनु भयो । पर्सा जिल्ला विकास निर्माणको सवालमा धेरै पछि परेको बताउँदै विभिन्न विकास निर्माण कार्यको ठेक्का सकार गरेर समयमै काम नगर्ने ठेकदारलाई सम्बन्धीत निकायले दण्डित गरेर विकास निर्माणको कार्यलाई तिब्र गतीमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
विवाह भवन शिलान्यास कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।